काठमाण्डौ । शिवम् सिमेन्ट्सले स्कुल बस तथा विद्यालयका छात्रछात्रालाई स्कुल ब्याग हस्तान्तरण गरेको छ । 

कम्पनीले मकवानपुरको हेटौंडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर–१५, मंगलपुरस्थित विश्वप्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको हो । 

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामग्रीहरुको वितरण, छात्रबृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आएको बताएको छ । 

देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै आएको उक्त कम्पनी सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत हुन सफल भएको छ । 

कम्पनीले अत्याधुनिक जर्मन प्रविधिको प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।