काठमाण्डौ । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी ‘शिवम् सन्देश’ को प्रचार–प्रसार सुरु गरेको छ ।

कम्पनीले इटहरी,जनकपुर, नारायणगढ, हेटौंडा, वीरगञ्जलगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो ।

शिवम सन्देशका बारेमा बुझ्न चाहनेहरुको लागि तत्कालै जानकारी दिइएको थियो । मुलुकमा विभिन्न शहरहरुमा शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।

हालै मात्र कम्पनीले जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । 
सन्देशमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । 

 

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । 
 

सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ।