काठमाण्डौ । इन्टरनेसनल अचिभर्स कन्फ्रेन्स (आईएसी)द्वारा दुबईमा आयोजित अवार्ड कार्यक्रममा ‘आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिभर्स अवार्ड–२०२३’ बाट शिवम सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्। 

मारु शिवम सिमेन्टको स्थापनाकालदेखि नै निर्देशकका रुपमा कार्यरत छनु। वितग लामो समयदेखि निरन्तर व्यावसायी क्षेत्रमा सक्रिय रुपमा लागिपरेका तथा कुशल नेतृत्वका साथ संस्था सञ्चालनमा अब्बल ब्यक्तित्वका रुपमा उनले पहिचान बनाइसकेका छन्। 

आईएसीले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ। यस वर्ष दुबईमा १६ औँ अवार्ड कार्यक्रम आयोजना गरेको  थियो। आईएसीको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साह गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्नेजस्ता कार्यहरु गर्दै आइरहेको छ। 

कार्यक्रममा राष्ट्रियस्तरका नेता, सेलिब्रेटी एम्बास्टर, विभिन्न राष्ट्रका उच्च पदाधिकारीलगायत २०० जनाभन्दा बढीको सहभागिता थियो। 

आईएसी हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनौट गरी उद्योगको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्याएको उत्कृष्ट योगदान आधार छनौट गरी अवार्ड दिने गर्दछ।