काठमाण्डौ । शिवम सिमेन्टस लिमीटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ ।
देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्यानुभव हासिल गरेका छन् । साथै उनी करिब ४ वर्षदेखि शिवम सिमेन्टमा आबद्ध छन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्ट्ले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल प्रालि, नेविको विस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल प्रा. लि.मा विभिन्न क्षेत्रको व्यवस्थापकीय जिम्मेवारीमा रहिसकेका छन् ।
देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिङ्कर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टले सबै कोणबाट अग्रस्थान कायम राख्न सफल हुने कम्पनी संचालक समितिले विश्वास व्यक्त गरेको छ ।
देवकोटालाई शिवम सिमेन्टस लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१ औं बैठकले आगामी चैत्र १ गतेका दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिङ्कर र शिवम सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।
साथै शिवम् सिमेन्टस् लिमीटेडले हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी पनि हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19