काठमाण्डौ । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ।
शौर्य सिमेन्टका बिक्रेता र उद्योगका कर्मचारीलाई सहभागितामा शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो। विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवलजस्ता वृक्ष रोपिएको थियो।
वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अंकित गरी नेमप्लेटलाई बिरुवासँगै राखिएको छ। ती बिरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ।
शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले भने, ‘कसलाई आफ्नो घर र घरको परिसर हरियाली नहोस् भन्ने लाग्छ र ? हामीले हाम्रो वातावरणलाई स्वच्छ पार्न र हाम्रो समाज प्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौँ र आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्ने छौँ।’
शौर्य सिमेन्टका बिक्रेता आरोग्य सप्लायर्सका राजन ढुंगेलले भने, ‘शौर्य सिमेन्टले साह्रै असल कार्यक्रम आयोजना गरेको छ। आफ्नो मिर्चैयास्थित उद्योग परिसरबाट सुरु गरेको यो वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिँदै र बिरुवा हुर्काउने सुनिश्चितता सुनेपछि हामी साह्रै हर्षित छौँ र शौर्य सिमेन्टसँगको आत्मीयता अझै प्रगाढ भएको छ।’
शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्रलाई प्रदूषणरहित र हरियाली युक्त बनाउन अग्रसर छ। समाजप्रतिको दायित्वलाई निभाइरहेको शौर्यले भावी दिनमा पनि वृक्षरोपण कार्यक्रम गर्ने योजना बनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago