काठमाण्डौ । शौर्य सिमेन्टले देशव्यापी रुपमा ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल अफर’ लिएर आएको छ।
कात्तिक १५ देखि पुस ३० गतेसम्म लागू हुने यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु. ५०० देखि रु. १० हजारसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन्।
त्यसैगरी ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु. १ लाखसम्म नगद प्राप्त गर्न सक्नेछन्।
उदाहरणका लागि: १०,०००+० = १,००,०००
यद्यपि सयौँ संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य (०) लाई पछाडि लगेर जोड्न मिल्नेछ। यसका साथै उक्त रकममा शून्य (०) थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माणस्थलमै रकम प्रदान गरिनेछ।
शौर्य सिमेन्ट इन्डस्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा रहेको छ। उद्योगले ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेड पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
अन्तर्राष्ट्रियस्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago