काठमाण्डौ । ‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शौर्य सिमेन्टको आयोजनामा सञ्चालित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी आवेदन परेको थियो, जसबाट दोस्रो चरणमा ७५ जनालाई छनौट गरिएको थियो।

छनौट भएका सहभागीले शौर्य सिमेन्ट उद्योगको परिसरस्थित हलमा क्यानभासमा दिइएको विषयवस्तुअनुसार चित्र बनाएका छन् ।

उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि छनोट गरिने १५ जनाले शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ। तेस्रो चरणको प्रतियोगिता आगामी पुस २ गतेदेखि ७ गतेसम्म चल्नेछ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार र बाँकी १२ जनालाई ५ /५ हजार रुपैयाँ प्रदान गरिने छ।

उक्त कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका सञ्चालक श्यामसुन्दर यादव र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर छन्।