काठमाण्डौ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । 

यसअघि संयुक्त मधेशी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई एकहप्ते अल्टिमेटम दिंदै सो अवधिमा संविधान संसोधन प्रक्रिया अगाडि बढ्नुुपर्ने र स्थानीय निर्वाचन स्थगन गरिनुुपर्ने माग गरेको थियो । उसले दिएको अल्टिमेटम मंगलबार मध्यराति सकिएकोमा मोर्चामा सहभागी दलहरुमध्ये सुरुमै यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिएको हो । 

सो दलको तर्फबाट बुधबार सांसद शिवजी यादवले सभामुुख ओनसरी घर्तिलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बिषयमा पत्र बुुझाएका थिए । संघीय समाजवादी फोरम नेपालको संसदमा १५ सिट रहेको छ । 

संयुक्त मधेशी मोर्चाबाट संघीय समाजवादी फोरम बाहेक अन्य दलले सरकारलाई समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुुझाएका छैनन् । अन्य ६ दलले समेत शुक्रबारभित्र समर्थन फिर्ताको पत्र सभामुुखलाई बुुझाइसक्ने स्रोतले बताएको छ । 

फोरमले समर्थन फिर्ता लिए पनि यसबाट प्रचण्ड सरकारलाई पनि गाह्रो पर्नेछैन, कारण उनले मोर्चाको यही निर्णय आउने संभावना देखेर केही दिनअघि राप्रपालाई सरकारमा सहभागी गराइसकेका छन् । राप्रपा प्रचण्ड सरकारको टेको बनिञ्जेल उनको सरकार अल्पमत पर्दैन ।