काठमाण्डौ। ICIMOD, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG) बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
ICIMOD का प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा ICIMOD रणनीतिक सहयोगका निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राना पनि उपस्थित थिए।
यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ। भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल र ICIMOD ले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ।
यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago