काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय संविधान दिवस मनाइरहेको छ ।
बैंकले खुला रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दीपावली, प्रभात फेरी, संविधानविदसँग अन्तरक्रिया तथा नयां कर्जा सेवा शुभारम्भलगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको हो। यस क्रममा बैंकद्वारा आयोजित खुला रक्तदान कार्यक्रमका सहभागी रक्तदाताहरुलाई बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक समारोहका बीच प्रमाणपत्र प्रदान गरे। रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए।
यसै उपलक्षमा असोेज ३ गते बैकद्वारा काठमाडौ न्युरोडस्थित आफ्नो प्रधान कार्यालय परिसर भुगोलपार्क तथा त्यसवरपर सरसफाइ, बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभातफेरी तथा वरिष्ठ संविधानविदसंग नेपालको वर्तमान संविधानबारे अन्तरक्रिया आयोजना गरिँदैछ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा नेपाल बैंकले सम्बृृृद्धि व्यवसाय कर्जा, सेवाग्राही कर्जा तथा वातावरणीय मैत्री विद्युतीय सवारी साधन (अटो) खरिद निम्ति कर्जा (ग्रिन फाइनान्सिङ) लगायतका नयाँ कर्जा सेवाहरुसमेत सुरुआत गरेको छ ।
राष्ट्रिय संविधान दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोज १ देखि ४ गतेसम्म प्रधान कार्यालय एवं विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रमसमेत रहेको छ । यसअघि संविधान दिवस २०७६ चार दिवशीय रुपमा भव्यतापूर्वक मनाउन बैकले कामु सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा बैकका वरिष्ठ अधिकारीहरु सम्मिलित ५ सदस्यीय संविधान दिवश समारोह समिति गठन गरेको थियो ।
सोही समितिको सक्रियतामा संचालित विविध कार्यक्रममा बैंक कर्मचारीको उत्शाहपूर्ण सहभागिता रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19