काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडका आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले हालसालै परिमार्जित भएको करसम्बन्धी ठूलो चासो देखाएको छ।
नेपालमा बिक्री हुने ईभीजको मूल्यमा भारी वृद्धि हुने गरी भएको कर संशोधनले व्यवसायमा भन्दा पनि वातावरणीय पक्षहरु र धेरै सुस्त तर स्थिर रुपमा अघि बढिरहेको नेपाली ईभी बजारमा पार्न सक्ने बढी प्रभावलाई लिएर बीवाईडीले आफ्नो चिन्ता व्यक्त गरेको छ। परिमार्जित करको घोषणा भएसँगै सरकारले आफ्नो प्रमुख नीतिलाई बिर्सेको र यो निर्णय लगानीकर्ताका लागिमात्रै नभई आमजनताका लागि पनि एक भयमय उदाहरणका रुपमा कायम हुन सक्ने बीवाईडीले जनाएको छ।
समग्रमा नेपाली अटोमोबाइल उद्योगमा विद्युतीय सवारीसाधनको कुल बजार हिस्सा जम्मा ५ प्रतिशत रहेको बीवाईडीको भनाइ छ। ‘आर्थिक वर्ष २०७८÷७९ मा लगभग १५ हजार गैरविद्युतीय सवारीसाधन आयात गरिएको तुलनामा आयातीत १ हजार ४०० ईभीजले विद्युतीय सवारीहरुको प्रारम्भिक अनुकूलनतालाई स्पष्ट रुपमा प्रकाश पार्दछ’, बीवाईडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विद्युतीय सवारीसाधनहरुमा प्रयोग हुने प्रविधिको लागत उच्च रहेको र लागत सन्तुलनका लागि अटोमेकरहरुले उच्च मोटरको क्षमता प्रयोग गरी प्रिमियम मूल्य थप्ने गरेको विज्ञप्तिमा जनाइएको छ। ‘त्यसर्थ अटोमेकरहरूले न्यून क्षमताको मोटरको सट्टामा स्ट्यान्डर्ड वा उच्च क्षमताको मोटर छनौट गर्ने गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘ईभीमा हुने स्तरीय गुणस्तरलार्ई ध्यानमा राखी मोटर क्षमतालाई विलासितासँग जोड्नु वैज्ञानिक रुपमा गलत पनि हो।’
उपयोगिता, रेन्ज र विश्वव्यापी बजारमै ईभीज ट्रेन्डिङ भएका कारण उपभोक्ताले मिड–रेन्जका विद्युतीय सवारीसाधन बढी रुचाउने गरेको बीवाईडीले जनाएको छ। ‘प्रस्तावित नयाँ करको नीतिले इन्ट्री लेभलका ईभीलाई प्रवर्द्ध्न गर्दछ जुन अझै पनि विश्वव्यापी रुपमा विकसितस्तरमै रहेको र व्यापक रुपमा अपनाइएको छैन’, बीवाईडीले भनेको छ, ‘नेपाली बजारमा त्यही टेन्ड्र प्रतिबिम्बित हुँदै आएको छ र भविष्यमा पनि हुनेछ।’
सरकारलाई पर्ने राजस्व नोक्सानी, आईसीई सवारीसाधनको थप अनुकूलन र इन्धनको पछिल्ला प्रयोगलाई प्रतिबिम्बित गर्दै यस नयाँ नीतिले ग्राहकलाई ईभी खरिद गर्न प्रोत्साहन नगर्नेका साथै विद्युतीय सवारीसाधनलाई अनुकूलन गर्ने र बिजुलीको आन्तरिक खपत थप बढाउँने सरकारी नीतिको कार्यान्वयन नभएको प्रस्ट रुपमा देखिने बीवाईडीको भनाइ छ। ‘विद्युतीय सामानवाहकको सन्दर्भमा प्रस्तावित कर अवैज्ञानिक र तर्करहित रहेको पुष्टि २०% दरले वृद्धि भएको भन्सार कर र ५% ले वृद्धि भएको अन्तःशुल्कले गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रमा विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्नका लागि विद्युतीय सवारीको व्यावसायिक प्रयोग अत्यावश्यक भएको यथार्थ बिर्सनु नै यस शंशोधित नीतिको कमजोरी हो।’
अनुकूलित विद्युतीय सवारी नीतिलाई निरन्तरता प्रदान गर्नु भनेकै राष्ट्रले एक वा दुई वर्ष भित्रमै यस नयाँ प्रविधिलाई स्थानीयकरण गर्नु रहेको बीवाईडीले जनाएको छ। ‘उक्त समयसम्म नेपालले एसेम्बलिङ, म्यानुफ्याक्चरिङ र उत्पादन गर्नका लागि नवीनतम प्रविधिहरुको विकास समेत गर्न सक्नेछ र यो आफैँमा एक निर्विवादित फाइदा हो’, बीवाईडीले भनेको छ।
‘जलवायु परिवर्तनसँग लड्ने आफ्नो प्रतिबद्धता, नयाँ प्रविधिलाई आक्रामक रुपले अप्नाउने प्रवृत्ति र ईभीजस्ता नयाँ र दिगो प्रविधिलाई स्थानीयकरण गरी विश्वव्यापी रुपमा नेपालको छविलाई सधैं उच्च राख्न सक्ष्म हुनेछौँ’, बीवाईडीले उल्लेख गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19