काठमाण्डौ । सबैभन्दा बढी विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले आफ्नो आउँदो फ्लागसिप स्मार्टफोनमा २४० वाटको चार्जिङ सपोर्ट हुने जनाएको छ। जुन अहिलेसम्मकै सबैभन्दा छिटो हो। योसँगै रियलमी विश्व मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको छ।
कटिङ एज चार्जिङ सोलुसन युक्त यो नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्छ। जसले उपभोक्ताहरुलाई राम्रो अनुभव प्रदान गर्छ। ९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले लो भोल्टेजमा नै सुरक्षित तरिकाले चार्ज गर्न सक्छ।
यतिमात्र नभएर रियलमीले संसारमै पहिलोपटक १२ एम्पियरको चार्जिङ केबल पनि ल्याउँदैछ। जुन मोबाइल उद्योगमैै अहिलेसम्मको सबैभन्दा राम्रो र उच्च स्ट्यान्डर्डको हो।
योसँगै रियलमीले आफ्नो डेयर टु लिप मान्यतालाई अझै बलियो बनाउँदै फास्ट चार्जिङलाई एउटा अर्को उचाइमा पुर्याएको छ। योभन्दा अगाडि रियलमीले २०२१ मा आफ्नो नम्बर सिरिजमा ६७ वाटको चार्जिङ प्रविधि अपनाउँंदै मिड रेन्ज सेग्मेन्टमा फास्ट चार्जिङको सुविधा दिएको थियो।
त्यस्तै २०२२ मा पनि आफ्नो लोकप्रिय मोडल रियलमी जीटी नियो ३ मार्फत समस्त मोबाइल उद्योगमै पहिलोपटक १५० वाटको फास्ट चार्जिङको सुविधा दिएको थियो। जसमा २० मिनेटमै शून्यबाट सतप्रतिशतसम्म मोबाइल चार्ज हुन सक्थ्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago