काठमाण्डौ । देशको पुरानो महानगर काठमाण्डौको मत गणना सकिन लागेको छ । सकिनै लाग्दा मेयर पदमा एमाले उम्मेद्वारले १७ हजार बढीको मतको अग्रता लिएका छन् । 

एमालेका मेयरका पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले ५७ हजार ४ सय ७३ मत ल्याएका छन् भने उनलाई कांग्रेसका राजुराज जोशीले ४० हजार २ सय ६९ मतले पछ्याइरहेका छन् । जोशीले हिजो नै हार स्वीकार गरिसकेका छन् । 

तेश्रो स्थानमा रहेकी विवेकशीलकी रञ्जुु दर्शनाले २० हजार ८ सय ७९ र चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले १६ हजार १ सय ७६ मत ल्याएका छन् । 

उपमेयरमा कांग्रेस उम्मेद्वार हरिप्रभा खड्गीले जित सुनिश्चित गरिसकेकी छिन् । उनको ५२ हजार ४ सय ९० मत छ भने उनलाई राप्रपाका राजाराम श्रेष्ठले ३१ हजार ७७ मतले पछ्याइरहेका छन् ।