काठमाण्डौ । सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट काठमाण्डौभित्र अनलाइन फुड डेलिभरी सुरु गर्ने भएको छ।
व्यक्तिले चाहेअनुसारको तयारी खाना घरघरमा पुर्याउने उद्देश्यले सजिलो मिल्सले भोलिबाट आफ्नो कारोबार सञ्चालन गर्न गइरहेको हो। कम्पनीले पहिलो चरणमा काठमाण्डौभित्र सञ्चालनमा रहेका रेस्टुरेन्टहरुमा तयार खानाहरु ग्राहकको स्वाद, इच्छा र रोजाइअनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्याउने लक्ष्य लिएको कम्पनीका सञ्चालक तथा को–फाउन्डर रमेशकुमार भट्टराईले जानकारी दिए। ‘यसका लागि हालसम्म ३५ वटा रेस्टुरेन्टसँग सम्झौता भइसकेको छ’, उनले भने।
दोस्रो चरणमा घरमै तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्याउने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए। ‘घरमै तयार हुने खानाका लागि उपत्यकाभित्र पाँच/पाँचजना महिलाको समूह बनाई २५ स्थानमा खाना बनाउने केन्द्र पब्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ’, उनले भने, ‘उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी सिर्जना गरिनेछ र घरको काम सक्काएर फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशील बनाउने प्रयास गरिनेछ।’
लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौँ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो। अस्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई, इकमर्स विशेषज्ञ डा. सुनिलसिंह सिंजापती, लन्डनमा व्यवसाय गरी फर्केका होटल व्यवसायी विष्णुबहादुर कार्की र बैंकर/बीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी सिर्जनाका साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने विश्वास लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago