काठमाण्डौ । कर्मचारी सञ्चयकोषले कोरोना भाइरस (कोभिड १९) को कारण गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवाहरुमध्ये हाललाई विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइन मार्पmत लिन सकिने गरी सञ्चालनको तयारी गरेको छ । 

लकडाउनको कारण यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्येनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप अनलाईन बिशेष सापटी सेवा शुरु गरिएको हो । 

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपेडट गरेका सञ्चयकर्ताहरुले प्राप्त गर्न सक्ने कोषले जनाएको छ । 

यसका लागि सञ्चयकर्ताहरुले कोषको वेबसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाईन फारम भरी सोसँगै विशेष सापटीको आवेदन फारम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्नेछ । 

कोषले उक्त आवेदन फारमलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैक खातामा नै रकम जम्मा गरिदिनेछ । 

कोषले कोभिड १९ को कारण हाल बन्द रहेका अन्य सेवाहरु समेत क्रमशः सञ्चालनको तयारी समेत पूरा गरेको बताइएको छ । 

लकडाउन खुकुलो हुने वित्तिकै कोषका कार्यालयहरु मार्पmत सुरक्षित रुपमा कोषका अन्य सेवाहरु प्रवाह हुने गरी तयारी गरिसकिएको विज्ञप्तिमा उल्लेख छ ।