काठमाण्डौ । सनराइज बैंक लिमिटेडले अशोक लेल्यान्ड ब्रान्डका गाडी खरिदका लागि कर्जा प्रवाह गर्ने भएको छ।
सनराइज बैंक र आईएमई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्यान्ड ब्रान्डका विभिन्न सवारीसाधनको आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडबीच यस विषयमा सहमति भएको हो। सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरका छन्। यस सहमतिपत्रअनुरुप आईएमई मोटर्सद्वारा वितरित सवारीसाधन खरिद गर्नका लागि सनराइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ।
ग्राहकले उक्त सवारीसाधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशतसम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ। कर्जाको मासिक किस्ता ईएमआईका आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ। कर्जा बैंकले ३ कार्य दिनभित्र उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19