काठमाण्डौ । सनराइज बैंक लिमिटेडले एकैदिन तीन स्थानमा शाखा विस्तार गरेको छ। 

बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। आफ्ना ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तारलाई आक्रामक बनाउँदै लगेको छ। 

यी नयाँ शाखा विस्तारसंगै बैंकले १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ।