काठमाण्डौ । सनराइज बैंक लिमिटेडका ग्राहकले अबदेखि सिद्धार्थ ग्रुप अफ हस्पिट्यालीमा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ। त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्घार्थ ग्रुपसँग सम्झौता गरेको हो। 

सनराइज बैंक तथा सिद्घार्थ गुप्रबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले सिद्घार्थ गुप्रका होटलहरुमा खान, बस्न तथा बेभरेजजस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।

सम्झौतापछि सिद्घार्थ ग्रुपअन्तर्गत रहेका काठमाण्डौ उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोडलगायतका अन्य जिल्लाहरुमा अवस्थित होटल, रिर्सोट, रेस्टुरेन्ट तथा क्याफेहरुमा पनि ग्राहकले छुटको लाभ लिन सक्नेछन्। बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ” अभियानअनुरुप आफ्ना ग्राहकलाई नवीनतम सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप सेवासुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ।