काठमाण्डौ । सनराइज बैंक लिमिटेडले उदयपुर र ओखलढुंगा जिल्लामा थप ३ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। यीसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६६ पुगेको छ।
गत शुक्रबार बैंकले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा शाखारहित बैंकिङ सेवा खोलेको छ। त्यस्तै गत शनिबार ओखढुंगाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटार र मानेभञ्ज्याङ्ग गाउँपालिका–४ केत्तुके मा २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६६ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19