काठमाण्डौ। नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ सनराइज बैंक लिमिटेडले डिजिटल बैंकिङअन्तर्गत विभिन्न सेवासुबिधा प्रदान गदै आएको छ। यसैअनुरुप नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार सनराइज बैंकले ‘सनराइज ई–कार्ड’ सञ्चालनमा ल्याएको छ।
उक्त सुुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी ५०० अमेरिकी डलरबराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। सो ई–कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० डलरबराबरको ई–कमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
आफ्नो कार्डमार्फत ग्राहकले एकैपटक वा पटकपटक गरी एक वर्षमा ५०० डलरबराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ। सो ई–कार्ड प्रयोग गरी अनलाइनबाट प्रवाह हुने सुुविधाहरु जस्तै– युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्जलगायत सामाजिक सञ्जालमार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्नेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19