काठमाण्डौ । सनराइज बैंक वीरगन्ज शाखा र लायन्स क्लब वीरगन्जद्वारा आ. एम केडिया आई अस्पतालको सहयोगमा वीरगन्जको परसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यका साथ गत चैत २१ गते उक्त शिविर आयोजना गरेको हो। शिविर सम्पन्न गर्न बैंकले लायन्स क्लब वीरगन्जलाई १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
शिविरमा २५० जनाको आँखा परीक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो। शिविरमा अस्पतालको ७ जना टोलीले सेवा प्रदान गरेका थिए। समस्या देखिएका १०० जनाको समेत निःशुल्क उपचार हुने अस्पतालले जनाएको छ।
बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19