 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुआत गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने यो डिजिटल प्ल्याटफर्ममार्फत बैंकमा नगई आफैँले फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानी स्वतः खाताबाटै सजिलै गर्न सक्नेछन्।
उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछन्।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ। साथै, स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ। यसपश्चात भने प्रयोगकर्ताहरु आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेकजाँचपश्चात् प्रक्रिया सुरु हुने व्यवस्था रहेको छ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ। यसका साथै ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ।
सनराइज बैंकले सधैँ आफ्ना ग्राहकका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र यस कर्पोरेट पे प्रणालीको सुरुआतले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ। यस प्रणालीको प्रयोग र विस्तारपश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अनलाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ बढी सहज हुने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19