 
                     
                                    काठमाण्डौ । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु. १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई रु. ३ लाख सहयोग गरेको छ।
बैंकले यस गुठीअन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु. ५० हजार का दरले हुने गरी कुल रु. ३ लाख सहयोग गरेको हो। गुठीले उक्त रकम तोकिएका विद्यालय सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पुर्याउने जनाएको छ।
बुधबार एक कार्यक्रमबीच बैंककी नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दिपक सञ्जेललाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्दै गुठीले गरेको कामको प्रशंसा गरिन्।
कार्यक्रममा निर्देशक सञ्जेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको समता शैक्षिक गुठीलाई सहयोग गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता र आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास गर्दै जाने बताए।
सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९ को कठिन घडीमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19