 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। शाखाका प्रमुख खनाल प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता नगर प्रमुख थापा क्षेत्रीले गरेका थिए।
विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं न्यूनीकरणका लागि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई उक्त सहयोग गरिएको शाखा प्रबन्धक खनालले बताए।
यसैगरी बैंकको लम्की शाखाले पनि गत शुक्रबार लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखाअन्तर्गत रहेको लम्कीचुहा अस्पताल र इलाका प्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। फिल्डमा गएर काम गर्न स्वास्थकर्र्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले लम्कीचुहा अस्पताल र इलाका प्रहरी कार्यालय लम्कीलाई पीपीई सेट, पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाइजरलगायतका स्वाथ्य सामग्री प्रदान गरेको हो।
बैंकको लम्की शाखा प्रबन्धक मात्रिका खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। वितरण गरिएका स्वाथ्य सामग्रीले आफूहरुलाई फिल्डमा जान सहज हुने भन्दै सहयोगका लागि बैंकलाई लम्कीचुहा अस्पताल र इलाका प्रहरी कार्यालय लम्कीले धन्यबाद दिएका छन्।
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्र र ठाउँमा सहयोगहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिँदै जाने जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19