काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ। 

सोही क्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडामा ८२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटा ८० औँ र कैलाली जिल्लाकै टिकापुर नगरपालिका–८ धनसिंहपुरमा ८१ औँ गरी थप २ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको थियो। 

यीसहित बैंकको शाखारहित बैंकिङ संख्या ८२ पुगेको छ। 

बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। ती शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएम र ८२ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।