काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। 

सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले बाग्मती प्रदेशको नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १२ गौरीबेसीमा ८३ औँ गरी थप १ शाखारहित बैंकिङ सेवाको सुरु गरेको थियो। 

यी शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८४ पुगेको छ। बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि खानीडाँडाको स्थानीय व्यवसायी कविता जीसी भाट र गौरीबेसीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा  नियुक्त गरेको छ। शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका सेवा उपयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएम र ८४ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।