काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।

सोही क्रममा गत शुक्रबार र शनिबार बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ नौबस्तामा ८५ औँ र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगर विर्तामा ८६ औँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। आज आइतबार बैंकले सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ५ लडकन्हामा ८७ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

यीसँगै बैंकको शाखारहित बैंकिङको संख्या ८७ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि नौवस्ताका रामसिंह थारु, चेतनगर बिर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिरकुमार साहलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। यी शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताइएको छ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६१ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।