काठमाण्डौ। नौलो र समयसापेक्ष सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी ‘सनराइज पेरोल लोन’ योजना ल्याएको छ।
यस योजनाअन्तर्गत सनराइज बैंकमा ‘सनराइज पेरोल सेभिङ्स अकाउन्ट’ भएका कुनै पनि ग्राहकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्। योजनाअनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा रु. ५ लाखसम्मको ओभरड्राफ्ट र रु. १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु. १५ लाखसम्मको कर्जा लिन सक्नेछन्।
कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्नेछ। उक्त कर्जा ५ वर्षसम्मका लागि प्रदान गरिनेछ।
यसका साथै सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सव र दसैँका अवसर पारेर मुद्दति खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19