काठमाण्डौ। सनराइज बैंकले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सहयात्रा जीवन सुरक्षा लागि भन्ने नाराका बैंकले असोज १५ गते सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो। ती कार्यक्रममा २५५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ।
आउँदै गरेको महान चाड दसैँमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाई परिपूर्ति गर्न यो रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ।
दसैँ र बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाइ आदि क्षेत्रमा यो महिनाभर विभिन्न कार्यक्रम गरी सहयोग पुर्याउने योजना रहेको जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19