काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।
सोही क्रममा रेस्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देवयानी इन्टरनेसनल (नेपाल) प्रालिसँग सम्झौता गरेको छ। ग्राहकलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रविन नेपाल र देवयानी इन्टरनेसनल ९नेपाल० का नायब महाप्रबन्धक (वित्त विभाग) रितुराज शाहले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा खाना र बेभरेजको खरिदमा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डका माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन्। ग्राहकले केएफसी र पिज्जा हटको उपत्यकाभित्र र बाहिरका १७ वाट शाखाबाट नै यस छुटको लाभ लिन सक्नेछन्।
बैंकले “स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ” अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19