काठमाण्डौ । ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहकको सुविधाका लागि नवीनतम सुविधायुक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ।

यस सनराइज केयर प्लाटफर्ममार्फत सम्पूर्ण ग्राहकले बैंकिङसम्बन्धी विभिन्न सेवा बैंक नगई अनलाइनमार्फत नै लिन सक्नेछन्। सनराइज केयर विभिन्न बैंकिङ सुविधा एकैठाउँमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो। जसमार्फत ग्राहकले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवासँग सम्बन्धित आवेदनहरु अनलाइनमार्फत नै दिन सक्नेछन्। यसका लागि सनराइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिनेछ।

डिजिटल प्रविधिको उपयोगसँगै वर्तमान कोभिड–१९ को परिप्रेक्ष्यमा ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकको सहजता र सुरक्षाको हेतु एक नवीन अनलाइन बैंकिङ प्लाटफर्म उपलब्ध गराएको हो। आगामी दिनमा यस सनराइज केयरमा अन्य बैंकिङ सेवाहरु पनि थप गरी यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बंैकको उद्देश्य रहेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ हजार ५०० भन्दा बढी प्वइन्ट अफ सेल (पीओएस) मर्चेन्ट नेटवर्क, १६० एटीएम, १३९ बटा शाखा, १२ एक्सटेन्सन काउन्टर, ८१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो। यस अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ ले आफ्ना सम्पूण ग्राहकलाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ। यसका साथै भविष्यमा थप सेवासुविधा ग्राहकमाझ ल्याउन सनराइज बैंक प्रतिबद्घ रहेको छ।