काठमाण्डौ । नौलो र समयसापेक्ष सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले आफ्नो ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।
सनराइज सम्पूर्ण बचत खातामा ग्राहकले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन्। उक्त खातामा बैंकले ५ वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ।
यसका साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्न सक्नेछन्। यस बचत खातामा ग्राहकले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउनेछन्।
बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिनेछ। यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदासमेत दाबी गर्न सकिने छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19