काठमाण्डौ । सनराइज बैंक लिमिटेडले ‘डबल मुद्दति खाता’ योजना ल्याएको छ। 

यो खाता न्यूनतम १ लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ। यस खातामा मात्र ६ वर्ष ५ महिनामा आफूले राखेको रकमको दुई गुणा बचत सेवाग्राहीले पाउने बैंकको भनाइ छ।

यस खातामा अन्य सुविधाहरु पनि बैंकले उपलब्ध गराएको छ। यो मुद्दति खातामा आफूले राखेको रकमको ९० प्रतिशत ऋण सुविधा पाइनेछ।

त्यस्तै यस खातामा ५ लाख रुपैयाँसम्म म्द्दति निक्षेपको ८० प्रतिशतसम्म क्रेडिट कार्ड तथा निःशुल्क लक सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ।