काठमाण्डौ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकका तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ।
भोलि पुस १ २०७९ देखि ३ महिनासम्म सञ्चालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। यस योजनामा समावेश हुनका लागि ग्राहकले टिकट खरिदबापतको रकम सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बंैकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
सनराइज बैंकले केही वर्षअगाडि पनि क्यूएफएक्स सिनेमाजको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो।
सनराइज बैंकले आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफर दिँदै आएको छ। यस अफरले ग्राहकलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अभैm बढी कारोबार गर्न मद्दत गर्ने बैंकले जनाएको छ।
डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटेल, अस्पताललगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यासब्याक योजनालगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ। यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19