काठमाण्डौ । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ। 

काठमाण्डौस्थित होटल याक एन्ड यतीमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाडर््स–२०२१’ बाट सम्मानित भएको हो। उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणप्रत्र ग्रहण गरेका थिए। 

साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरुमा अवार्ड प्रदान गरेको थियो। दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरुलाई सो संस्थाको समितिले मूल्यांकन गरी अवार्डका लागि छनोट गर्ने गरेको हो। 

बैंकले अपनाउँदै आएको पारदर्शिता, जबाफदेहीता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिइँदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ।