काठमाण्डौ । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ। आफ्ना देशभरिका शाखाहरु र सामाजिक सञ्जालमार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताका साथ कार्यक्रम गरेको बैंकले जनाएको छ।
बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’लाई अगाडि राखी बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीलगायतका विषयहरुलाई समावेश गरी देशभरिका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवासुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिँदा हुन सक्ने झमेला र ठगीलगायतका विषयको सचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्याउने बैंकको विश्वास छ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १६२ वटा एटीएममार्फत आफ्ना ८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19