काठमाण्डौ । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रु. ६९ लाख ८० हजार ६३४ छात्रवृत्ति रकम सहयोग गरेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल र नेपाली जनताका लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर सहिद एवं अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्र्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरुप छात्रवृत्ति प्रदान गरेको छ।

नेपाल प्रहरीे प्रधान कार्यालय नक्सालमा बुधबार भएको सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्व तथा बैंकबाट उच्च पदाधिकारीको उपस्थिति थियो। 

सनराइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृत्तिसम्बन्धी समझदारीपत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सनराइज बैंकबाट नायब महाप्रबन्धक रविनकुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृत्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

यस छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए। संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सनराइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षणलगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दै आइरहेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षमात्र १५० भन्दा बढी कार्यक्रम गरेको जनाएको छ।