काठमाण्डौ । ग्राहकको सेवा र सुविधामा सधैँ तत्पर रहने सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारका क्रममा अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवासुविधामा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्। छुटसम्बन्धी सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन्।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्पताल हो। जसले विभिन्न १४० देशका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। सम्झौताअनुसार सन्राइज बैंकका सम्पूर्ण ग्राहकले सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउनेलगायत अन्य सेवा तथा सुविधामा अपोलो हस्पिटलअन्तर्गत भारतभरि रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन्।
यस योजनाले सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले जनाएको छ। भारतमा उपचारका लागि जाने आमनेपालीका लागि लक्षित गरेर सनराइज बैंकले छुटै हेल्थ केयर कार्ड पनि सञचालनमा ल्याइसकेको छ भने अपोलोलगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्चसमेत सनराइज स्वास्थ्य योजनाअन्तर्गत शोधभर्ना लिन सकिने बैंकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19