काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी–५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ। 

आज आयोजित एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रबिनकुमार नेपालले उक्त शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेमनिधि ओझलाई ती सामग्री हस्तान्तरण गरेका हुन्। प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि ती सामग्रीले मद्दत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यवाद दिए। 

सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका छन्। सर्वसाधारणलाई फोहोर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको नायब महाप्रबन्धक नेपालले बताए। 

यसका साथै धनगढी उपमहानगरपालिकाका मेयर हमालले सनराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे। 

यसका साथै बंैकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्ट्यान्डसमेत बनाएको छ।