काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्य साथ यही जेठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाको सहभागितामा पाँचदिने दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर–२ का कार्यवहाक वडाध्यक्ष गजबहादुर बुढा, विशिष्ट अतिथि सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख  सुष्मा गिरीको उपस्थिति थियो।

पाँचदिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्तविज्ञ तर्कराज जोशीले गरेका थिए। बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत महिलालाई विभिन्न सीपमूलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुशासन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको थियो। सीपमूलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यावसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ।