काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले पर्साको वीरगन्जस्थित दृष्टि आँखा अस्पतालसँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ। 

निःशुल्क आँखा शिविर कार्यक्रम चन्द्रपुर–९स्थित श्री माविमा सञ्चालन गरिएको थियो। शिविरबाट २४० जना स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए। 

शल्यक्रिया र औषधिका लागि डाक्टरको सल्लाह लिएका मानिसहरु खुसी  हुँदै बैंकले यो शिविर आयोजना गरेकोमा धन्यवाद दिए। 

शुक्रबार भएको शिविरको उद्घाटन बैंकको मधेश प्रदेश प्रमुख दीपक पण्डित गरेका थिए। शिविरमा जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्री माविका मुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरुको उपस्थितिमा थियो। 

दृष्टि आँखा अस्पताल र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्रजस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवर्द्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ।