काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलुखेती सम्बन्धमा सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यका साथ असार १ गतेदेखि झुम्कामा ३१ जना सहभागीका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो। 

सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्रबहादुर दाहाल र सविन खतिवडाले गरेका थिए। 

कार्यक्रममा विशेषगरी बाख्रा, बंगुर र कुखुरा पालनमा केन्द्रित सीपमूलक तालिम दिइएको थियो।

त्यसैगरी कृषकहरुसमक्ष कृष्ीि, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि डडेल्धुराको अमरगढी–८ मा आयोजित २ दिने आलुखेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागी थिए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोतव्यक्ति ध्रुवराज जोशी र मनीषा चौधरीद्वारा प्रशिक्षित कार्यक्रम मुख्य अतिथि अमरगढी–८ का वडाध्यक्ष नरबहादुर शंखी र बैंकका तर्पmबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो। तालिमले आलुको व्यवसायिक उत्पादन, बजारीकरण, आल्ुबाट बनाउन सकिने सामग्रीसम्बन्धी ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञानसमेत दिइएको थियो। 

सीपमूलक तालिमले कृषकमा उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यावसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ। बैंकले यस्ता सीपमूलक तालिम देशभरिका सातै प्रदेशमा गर्दै आएको छ।