काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगन्जमा अंगभंग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ। 

रोटरी क्लब वीरगन्जमा बिहीबार (असार ७ गते) आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादवले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगन्ज शाखा प्रमुख केदार सिंहको उपस्थितिमा रोटरीका कार्यक्रम संयोजक डा. स्वास्वत प्रसादलाई रु. २ लाख ७५ हजारको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजनाअनुरुप उपस्थित व्यक्तिहरुलाई कृत्रिम अंग निःशुल्कसमेत प्रदान गरिएको थियो। 

कृत्रिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुसी हुँदै सनराइज बैंकलाई धन्यवादसमेत ज्ञापन गरेका थिए। 

सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरि स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षरता, पूूर्वाधार निर्माणलगायतका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ।