काठमाण्डौं । सनराइज क्यापिटल लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लाभांश र मर्जर प्रस्ताव पारित पारित गरेको छ । 

सभाले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत -करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षद्वारा  प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
 

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

 त्यस्तै सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा आवश्यक सम्पूणर् प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।