काठमाण्डौ। सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटले एकापससमा गाभिएर एलएस क्यापिटलले मर्चेण्ट बैंकिङ कम्पनीका रूपमा एकीकृत कारोबार सुरु गरेको छ ।

कम्पनीले कम्पनी रजिस्ट्रारको कार्यालयबाट  गत मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटलको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि ग्राहकलाई सेवा प्रदान गर्न सुरु गरेको हो ।

सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

कम्पनीको एकीकृत चुक्तापूँजी मर्जर पश्चात् ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्रमार्फत धितोपत्र निष्कासन र ५२ वटा सेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको कम्पनीको रूपमा परिचय बनाएको बताएको छ ।