काठमाण्डौ । सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ ‘सनराइज रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ ।

यो खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दति खातासरह पाइनेछ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिनेछ ।

खाता खोल्दा न्यूनतम बचत रु. १००० र त्यसपछि एक पटकमा न्यूनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हँुदैं जाने र मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

यो खातामा पूर्वनिर्धारितभन्दा बढी रकम ग्राहकको अनुकूलताअनुुसार पटकपटक गरी जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दति खातासरहको उच्च ब्याज पाउनु हो । साथै आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ ।

उक्त खातामा फ्लोटिङ ब्याजदर लागू गरिएको छ । जसले गर्दा बजारको उतारचढावअनुसारको ब्याजदर निर्धारण गर्न मद्दत पुग्दछ । उतारचढाव हुँदा पनि व्याज प्राप्त हुनेछ ।

हाल बैंकले मुद्दति खातामा ९.२५% मा थप ०.५% व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक, साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएका व्यक्तिहरुलाई अतिउपयुक्त रहने बैंकले जनाएको छ ।