काठमाण्डौ । सनराइज बैंकले चितवन मेडिकल कलेज र  महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवालीलाई बिहीबार हस्तान्तरण गरे। कार्यक्रममा पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितिमा सीमितस्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाउनु भएको भूमिका अतुलनीय रहेको बताए। यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको बिश्वास छ।

त्यसैगरी हिजो बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र १००० थान मास्क हस्तान्तरण गरेकोे थियो। उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका अध्यक्ष हरिसिंह बिष्टलाई हस्तान्तरण गरेका थिए।