काठमाण्डौ। सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ।
सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसैगरी बैंकले सेयर धितो कर्जा ९.९५ प्रतिशत ब्याजदरमै प्रवाह गरिने जनाएको छ।
विश्व महामारी कोरोनाभाइरसले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बाबजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले यी योजना ल्याइएको बैंकले जनाएको छ। कर्जा लिन चाहने ग्राहकले विनाझन्झट छिटोछरितो कर्जा प्राप्त गर्न सक्ने बैंकले स्पष्ट पारेको छ।
ग्राहकले देशका १३४ स्थानमा फैलिएको बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन्। सीमित अवधिका लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरिएको बैंकले जनाएको छ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago