काठमाण्डौ । सनराइज बैंक लिमिटेड र हङकङस्थित एटी सर्भिसेजमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले गरेको छ । यसरी एटी सर्भिसेजमार्फत पैसा पठाउँदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । 

एटी सर्भिसेजमार्फत हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लिमीटेडका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभर छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । 

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।