काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका- ४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो ।
उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।
 विदेश गएको ९ महिनामै आफ्नो किड्नीमा समस्या देखिएपछि उनले नेपाल आएर बीमा दावी गरेकोमा कम्पनीले घातक रोग दावी भुक्तानी वापत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताएको छ ।
चेक हस्तान्तरण गर्दै कम्पनीका बुटवल  शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले जीवन बीमाले मानिसको जीवनलाई आर्थिक रुपमा सुरक्षित गराउने हुँदा बीमा सबैको लागि अत्यावश्यक रहेको बताए ।
सो अवसरमा कम्पनीका पाल्पा उपशाखा प्रमुख संगीता ढुंगानालगायत अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति थियो ।